www.prbtAdhikari.com

http://prbtAdhikari.webs.com/

News

view:  full / summary

????? ??????? ??????????, ????? ???? ??????? ????

Posted by prbt.adhikari on June 9, 2013 at 4:40 PM Comments comments (0)

काठमाडौं , जेष्ठ २६ - उच्चस्तरीय राजनीतिक समितिको बैठक नियमित बस्दै आए पनि नेताहरु निर्वाचन कानूनमा सहमति जुटाउन सफल भएका छैनन् । आइतबारको बैठक पनि त्यसरी नै बित्यो । थ्रेस होल्ड राख्ने वा नराख्ने रस्साकस्सीबीच सोमबार पुनः बस्ने गरी नेताहरु बाहिरिए ।

सरकारले साना राजनीतिक दललाई पनि निर्वाचनमा सामेल गराउन थ्रेश होल्ड नराख्न सुझाव दिएपछि बैठकमा एमाओवादी र मधेशी मोर्चाले आफ्नो अडान कसिलो बनाएका छन् । कांग्रेस/एमाले भने झनै विच्किएका छन । प्रस्तावित एक प्रतिशतको साटो आधा प्रतिशतमा झारेर भएपनि थ्रेशहोल्ड राख्नुपर्ने अडानमा कांग्रेस/एमालेका नेताहरु प्रस्तुत भएका थिए । तर, एमाओवादी र मधेशी मोर्चाका नेताहरुले भने थ्रेशहोल्डको व्यवस्था गर्दा निर्वाचन नचाहने शक्ति बलियो हुने र संविधानसभाको निर्वाचनमा यस्तो अभ्यास संसारभरनै नभएको तर्क दिदै राख्नै नहुने अडान लिएका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आईतबारको बैठकमा औपचारिक छलफल अघि बढ्न नसकेको बताए । दुई पक्षीय र त्रिपक्षीय छलफलपछि बसेको औपचारिक बैठकले सोमबार बैठक बस्ने सहमती मात्रै गरेको थियो । एमाले नेता रघुजी पन्तलेले राजनीतिक दलहरुबीच पुरानै अडान आइतबार पनि दोहरिएको बताए । 'पटक-पटक अनौपचारिक तहमा दुई पक्षीय र त्रिपक्षीय बैठक भयो, तर अन्तिममा सवै आआफ्नो अडानमा कायम रहे' संवाददाहरुसंग पन्तले भने,'सवैको अडान यथावत कायम रहेकाले सहमती हुन सकेन ।'

बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले थ्रेशहोल्डको अडानबाट पछि नहट्ने बताएका थिए । बैठकअघि एमालेले पनि औपचारिक निर्णय गरी थ्रेशहोल्डको अडान लिने निर्णय लिएको थियो । सोमबारसम्म राजनीतिक दलहरुबीच सहमति नभए सरकारले आफ्नै ढंगले निर्वाचनसम्वन्धी अध्यादेश अघि बढाउने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: २०७० जेष्ठ २६ ०७:२८


?????? ??????? ...

Posted by prbt.adhikari on May 31, 2013 at 5:00 PM Comments comments (0)

झापा मेरो जिल्ला अनि अंचल पर्यो मेची

गोलधाप मेरो गाउँ अनि गा.बि.स. नि गोलधाप !!

 

अचम्म नि लाग्ला हजुर, गाउँ-गा.बि.स. एउटइ नाऊ

सुन्दर-सफा गाउँ हेर्न , गोलधाप तिरै जाउँ हजुर !!

 

मध्ये भागमा बजार पर्छ, सिघारिएकी बेहुली जस्तै

पुछार भागमा चारकोसे, घुम्नै पर्ने गोलधाप हजुर !!

 

चारैतिर हराबरा कलकल बग्ने त्यो अदुवा खोला

प्रकृतिको सुन्दर उपहार, हेर्न जाउँ गोलधाप हजुर !!

 

मेरो घर नि बजार छेऊ, गोल्धापैमा पर्छ हजुर

तै भ र त सधै भन्छु, प्यारो मेरो गोलधाप हजुर !!

???????

Posted by prbt.adhikari on May 31, 2013 at 4:55 PM Comments comments (0)

गाह्रो छ जिउन तर, बाच्नै पर्ने किन ?

दबाएर दुख पिडा, हाँस्नै पर्ने किन ?

 

नजिकै छ मृत्यु याँहा, मर्नै पर्छ भोलि,

तर पनि रमाएर, नाच्नै पर्ने किन ?

???

Posted by prbt.adhikari on May 30, 2013 at 8:00 PM Comments comments (0)

आँखाभरी सपना बोकी अघि बढ्ने होडमा छु!

गन्तब्य जतिनै दूर होस अबिश्राम रोडमा छु!!

 

उड्दै थिएँ आफ्नै आकासमा टप्प टिप्यो चिलले,

सात समुन्द्र पार खसेँ कष्टैकष्टको मोडमा छु!!

 

सुन्दर छ चौतर्फी तैपनि सुन्दरता देख्दिन यहाँ,

त्यहिँ थियो स्वर्ग कठै! आज म बिछोडमा छु!!

 

पाउन सकिन मनकारीहरु बिरानु यो मुलुकमा,

बरु तिर्न सक्दिन ती गुनहरु भन्ने निचोडमा छु!!


Rss_feed